बिएल संवाददाता
स्पेनकी रक्षामन्त्री मार्गरिता रोब्लेले बृद्धाश्रममा राखिएका बूढाबूढीले कोरोना भाइरसको संक्रमणमा उपचार नपाएर सामुहिक रूपमा ज्यान गुमाएकाे डरलाग्दो खुलासा गरेकी छिन् ।
आपतकाल लगाएर सेना उतारेको स्पेन कोरोना भाइरस संक्रमणमा इटालीपछि प्रभावित देश मानिन्छ।
सोमबार फ्रान्सको एउटा बृद्धाश्रममा २४ जना बूढाबूढीको सामूहिक लास भेटिएपछि सेनाले स्पेनमा रहेको सबै बृद्धाश्रममा खोजतलास सुरु गरेको छ।

मार्चको पहिलो साता स्पेनको एउटा बृद्धाश्रममा १४ जनाको सामूहिक लास भेटिएको थियो।
कोरोनाको महामारी फैलिन थालेपछि आश्रमका कर्मचारी बूढाबूढीलाई त्यत्तिकै छोडेर भागेका थिए ।
अहिले सेनाले लास जम्मा गरेर जलाइरहेको छ।
राम्रोसँग सरसफाई नभएका यी आश्रमका संचालक र कर्मचारीलाई कानूनी दायरामा ल्याएर कारवाही गरिने रक्षा मन्त्रीको भनाई छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया