रासस
राष्ट्रिय ट्रमा सेन्टरले कोरोना भाइरसको सम्भावित जोखिमलाई रोक्न सरकारले ‘लक डाउन’ गरेर आउन नसक्ने बिरामीका लागि घरबाटै सेवा लिन सक्ने व्यवस्था गरेको छ।
राष्ट्रिय ट्रमा सेन्टर प्रमुख मेडिकल सुपरिटेन्डेन्ट सन्तोष पौडेलका अनुसार कोरोना भाइरसको सम्भावित सङ्क्रमणको जोखिम बढेपछि धेरै अन्य अस्पताल बन्द भए पनि सेन्टरले नियमित सेवा दिने र घरमै पनि परामर्श दिने व्यवस्था गरेको बताए।
'नियमित स्वास्थ्य उपचारको व्यवस्था गरेको छ, कोरोना अप्रत्याशित रुपमा आए पनि अस्पतालमा पहिलादेखि नै भर्ना भएका बिरामी र टिकट काटेका बिरामीको उपचार गरिरहेको छ' उनले भने, 'हामी सरकारी निकाय पनि हो, हामीले सेवा दिनुपर्छ भनेर सेवा रोकेका छैनौ।'
सेन्टरले चोटपटक लागेका बिरामीको शल्यक्रिया सेवा नियमित सञ्चालन गरिरहेको छ। चोटपटक लागेका १२ जनाको आज शल्यक्रिया गरेको छ।
सेन्टरले पहिला शल्यक्रिया गरेका र आउन नसक्ने बिरामीका लागि ०१–४२२५२७५ हटलाइन नम्बरमा बिहान १०ः०० बजेदेखि अपरान्ह् ४ः०० बजेसम्म सम्पर्क गरेर विशेषज्ञ चिकित्सकबाट पराशर्म दिने व्यवस्था गरेको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया