अमेरिकामा कोरोनाको संक्रमण उच्च, राष्ट्रपति ट्रम्पले चीनसँग कुरा गर्ने 

अमेरिकामा कोरोनाको संक्रमण उच्च, राष्ट्रपति ट्रम्पले चीनसँग कुरा गर्ने 

कोरोना भाइरस संक्रमणमा चीनको कटु आलोचना गर्दै आइरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले छिट्टै नै चिनियाँ राष्ट्रपति सी चिङफिङसँग टेलिफोन वार्ता गर्ने भएका छन्। बिहीबार यसको जानकारी दिँदै अमेरिकी राष्ट्रपतिले कोरोना भाइरसविरूद्धको लडाईंका लागि चिनियाँ समकक्षीसँग वार्ता गर्ने बताएका छन्। 

अमेरिकामा कोरोना संक्रमितको संख्या चीनभन्दा माथि उक्लिएपछि ट्रम्पको भनाई आएको हो। अमेरिकामा ८२ हजार ४ सय ४ संक्रमित देखा परेका छन्, जुन कोरोनाको ‘हटस्पट’ मानिएको चीन र इटालीभन्दा बढी भएको जोन हप्किन्स विश्वविधालयले बताएको छ। 

ट्रम्पले चीनमा कति संक्रमित छन्, त्यसको स्वतन्त्र छानवीन नभएको बताएपनि विश्वब्यापि समस्या बनेको कोरोनाको विषयलाई लिएर चिनियाँ समकक्षीसँग कुरा हुने बताए। ‘चीनसँग हाम्रो धेरै राम्रो सम्बन्ध छ,’ उनले भने। 
 

प्रकाशित मिति: Mar 27, 2020 07:16:10

प्रतिक्रिया दिनुहोस

सबै