कोरोनाविरुद्ध लड्न सन्दीपले दिए १ लाख

बिएल संवाददाता

काठमाडाै‌ं

राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानले कोरोना भाइरस उपचारका लागि १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

बिहीवार सामाजिक सञ्जाल मार्फत सन्दीपले ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक लाख रुपैयाँ दिने बताएका हुन्।

सरकारले कोरोना भाइरसविरुद्व लड्न सरकारी राहत कोष बनाएको छ। एकद्वार प्रणाली अन्तर्गत राहत रकम संकलन गर्न सरकारले राहत कोष निर्माण गरेको हो।

नेपालमा अहिलेसम्म तीन जना कोरोनाबाट संक्रमित भेटिएका छन्। एक जना सफल उपचार गराएर घर फर्किएका छन्। दुई जनाको उपचार भइरहेको छ।

यो समयमा एक अर्कामा दूरी बनाइराख्न आग्रह गर्दै विपतको समयमा सहयोग तथा माया चाहिएकाहरुलाई नभुल्न र आफू पनि सुरक्षित रहन उनले सबैलाई अपिल समेत गरेका छन्।

प्रकाशित मिति: : 2020-03-28 03:19:28

प्रतिकृया दिनुहोस्