बिएल संवाददाता
राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानले कोरोना भाइरस उपचारका लागि १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।
बिहीवार सामाजिक सञ्जाल मार्फत सन्दीपले ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक लाख रुपैयाँ दिने बताएका हुन्।
सरकारले कोरोना भाइरसविरुद्व लड्न सरकारी राहत कोष बनाएको छ। एकद्वार प्रणाली अन्तर्गत राहत रकम संकलन गर्न सरकारले राहत कोष निर्माण गरेको हो।
नेपालमा अहिलेसम्म तीन जना कोरोनाबाट संक्रमित भेटिएका छन्। एक जना सफल उपचार गराएर घर फर्किएका छन्। दुई जनाको उपचार भइरहेको छ।
यो समयमा एक अर्कामा दूरी बनाइराख्न आग्रह गर्दै विपतको समयमा सहयोग तथा माया चाहिएकाहरुलाई नभुल्न र आफू पनि सुरक्षित रहन उनले सबैलाई अपिल समेत गरेका छन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया