
सुरेन्द्र राना ‘घुमफिरे’
कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले आह्वान गरेको साताव्यापी लकडाउनको सातौं दिन सडक सुनसान देखिएको छ।
सडकमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो देखिएको छ। सुरक्षाकर्मीले सडकमा गुडेका प्रत्येक सवारीसाधनको चेकजाँचमा कडाइ गरेका छन्। अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले जारी गरेको आदेश उल्लङ्घन गर्नेविरुद्ध कडारूपमा प्रस्तुत भएको प्रहरीले काठमाडौँबाट केहिलाई नियन्त्रणमा लिएको छ।
नेपाल प्रहरीले लकडाउन उल्लंघन गर्नेलाई पक्राउ गर्ने सम्बन्धी नीति परिवर्तन गरेको छ। अबदेखि बिनाकारण सडकमा निस्कनेहरुलाई भेटिएकै ठाउँमा दुई घण्टा उभ्याउने नीति प्रहरीले लिएको हो।
विश्वव्यापी रूपमा कोरोना भइरसको महामारी बढ्दै गएपछि सरकारले यही चैत ११ गतेबाट लागू हुने गरी अत्यावश्यक बाहेक बाहिर ननिस्कन आदेश जारी गरेको थियो।
बिहान ६ बजेदेखि ८ बजेसम्म अत्याश्यक वस्तु किनमेलका लागि किराना पसलमा सर्वसाधारणको भीड लागेको थियो।
बालाजु चोकमा सुरक्षाकर्मीले सवारी साधनलाई चेक जाँच गरी सडकमा निस्किएका सर्वधारणलाई सम्झाई बुझाई गरेर घर बस्न आग्रह गरेको थियो।
हामीले बाहिर निस्किएका सर्वसाधारणलाई सम्झाई बुझाई गरेर घर पठाउने गरेको ट्राफिक प्रहरी ब्रजेशकुमार झाले बताए।
बालाजु औधोगिक क्षेत्रमा नेपाल ग्यासको कम्पनीमा ग्यास लिन सर्वसाधरणको लामो लाइन लागेको छ।
ग्यास कर्मचारीका अनुसार बिहान ९ बजे देखि दिउँसो साढे १ बजेसम्म नेपाल, नारायाणी र तारा ग्यासलाई आधा सिलिन्डर आधा मूल्यमै शनिबारबाहेक बाढीरहेको बताए।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया