
बिएल संवाददाता
अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मर्नेको संख्या बढिरहेको छ । तर, तथ्यांकमा हेर्दा यो त्यति भयावह छैन, जति सोचिदैछ। यो समाचार तयार पारिरहेको बेला अमेरिकाले आफ्ना २,८७० प्रियजन गुमाएको छ । यो संख्या प्रति दश लाख अमेरिकीमा ९ मात्र हो।
यो भन्दा प्रिय खबर ५,२११ कोरोना संक्रिमत पूरै स्वस्थ भएका छन्। अर्थात् उनीहरूले कोरोनालाई जितेका छन्।
अमेरिकामा धेरै ठूलो संख्यामा कोरोना संक्रमण देखिए पनि गम्भीर अवस्थाका विरामीको संख्या ३,४०२ मात्र रहेको छ जवकि १४८,६०९ विरामीको उपचार भैरहेको छ। यसको अर्थ अमेरिकामा रोगको परीक्षण र पहिचान सही समयमा भैरहेको छ।
यो समाचार तयार पारिरहेको बेला १५६,६९० अमेरिकीमा कोरोना भाइरस संक्रमण देखिएको छ। अमेरिकी कुल जनसंख्यालाई आधार मान्ने हो भने यो संख्या प्रति दश लाखमा ४७३ हो ।
यसैबीच अमेरिकामा केही सातामै ठूलो संख्यामा मानिसको मृत्य ुहने अनुमान बाहिर आएको छ। यो अनुमान स्वास्थ्य विज्ञानकै आधारमा गरिकाले यसमा सत्यता छ तर त्यसलाई कमभन्दा कम संख्या बनाउन सिंगो अमेरिका लागेको छ।
स्वास्थ्य वैज्ञानिकहरूले २२ लाख अमेरिकी मर्नसक्ने सम्भावना प्रक्षेपण गरेका थिए। तर, त्यो संख्या अमेरिकाले कुनै पनि किसिमको रोकथाम नगर्दाको अवस्थाको थियो । तर, अहिले अमेरिका सोसल डिस्टान्सिङलगायतका गाइडलाइन्समा हिडिरहेको छ, कयौ राज्य र सहर लकडाउन छन्। परीक्षण र उपचार जारी छ। परिणामत: संख्यामा अमेरिका रोल नम्बर भएर पनि मृततकको संख्यामा रोल नम्बर ५ छ।
मृतकको संख्यामा इटाली १०,७७९, स्पेन ७३४०, चीन ३३०४ र इरान २,७५७ अमेरिकाभन्दा अगाडि छन्। तर, अमेरिकी राष्ट्रपति ट्रम्पले नै आगामी दुई सातामा अमेरिकामा मृतको संख्या उच्चतम हुने र त्यसपछि घट्ने बताएका छन् ।
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया