आइतबार, १० अगस्ट २०२५

बेल्जियममा नेपाली विद्यार्थीको रुवाबासी, अधिकांश नेपाल फर्किन चाहन्छन् (भिडियाे)

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

गैर आवासीय नेपाली संघ (एनआरएन) बेल्जियम शाखाका उपाध्यक्ष नारायण सिलवाल विगत २० वर्षदेखि बेल्जियमको ब्रुगे शहरमा बसोबास गर्दै आइरहेका छन्। 

दुई दशकअघि उनी काम खोज्दै एक्लै बेल्जियम पुगेका थिए । त्यति बेला उनको उमेर पनि २० वर्ष नै थियो। यति बेला उनी परिवारसहित बेल्जियम बस्छन्। उनी
युरोपकै सबैभन्दा पुरानो शहर मानिने ब्रुगेको दुग्ध ब्रोगनियामा नामक रेस्टुरेन्टमा काम गर्छन् ।

कोरोना संंक्रमणका कारण घरभित्रै बस्न बाध्य भएका नारायण बेल्जियमा विद्यार्थी भिसामा आएका नेपालीको दैनिकी कष्टकर बन्न थालेको बताउँछन्। भन्छन्–‘हामी त जेनतेन केही महिना काम नगरेपनि बाँच्न सकौला तर विद्यार्थी भिसामा आएका र भर्खर काम सुरु गरेका नेपालीको विचल्ली भएको छ ।’ 

महंगो कलेजको शुल्क तिर्न नेपाली विद्यार्थीले काम गर्नेपर्ने बाध्यता छ। विदेशमा घर गाडी सबै ऋणमा हुने बताउँदै उनले काम बन्द हुने वित्तिकै विचल्लीमा पर्ने बताए। सरकारले काम नगरी बस्नेलाई यति बेला  पारिश्रमिकको ७० प्रतिशत् रकम दिने गर्छ। यति पैसाले बाच्न ठूलो राहत भएको तर सबै खर्च धान्न गाह्रो हुने उनको भनाई छ। 

धेरै नेपाली आफूसँग नेपाल जान पाए हुन्थ्यो भन्दै रुँदै फोन सम्पर्क गर्न थालेको उनले बताए। ‘अन्य देशले आफ्नो नागरिकलाई प्लेन चार्टर गरेर भए पनि फर्काएको छ। यति बेला नेपालको विमानस्थल बन्द छ। त्यसैले नेपालीहरु विदेशमै मरिने हो कि भन्ने मानसिक त्रासमा छन्,’ उनले भने। 

उनी यति ठूलो आपत्ति आइलाग्छ भन्ने आफूले सपनामा पनि नसोचेको बताए। भन्छन्–‘यसले मलाई–तलाई कसैलाई भन्दैन रहेछ। विश्वलाई नै प्रभावित तुल्याएको यो भाइरसबाट जोगिन घरभित्र सुरक्षित बस्नुबाहेक अर्को विकल्प छैन । बेल्जियममा १० हजार नेपालीको बसोबास छ भने सरकारले कोरोनाविरूद्ध लड्न अप्रिल १९ सम्म ‘लकडाउन’ गरेको छ ।

मंगलबार, चैत्र १८, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)