साढे २ सय बिपन्न परिवारलाई समाजसेवी तिवारीले बाँडे राहत सामग्री  

पर्साको बिन्दवासनी गाउँपालिका, गदौंलका समाजसेवी प्रमोद तिवारीले वडा नम्बर १ र २ का बिपन्न परिवारलाई नीजि खर्चमा राहत सामग्री बितरण गरेका छन् ।

उनले साढे २ सय वटा परिवारलाई बराबर रुपमा करिब साढे १२ किलो चामल, एक किलो नुन, एक पाउ स्वाबिन मस्यौरा बितरण गरेका हुन् ।
विश्वब्यापी रुपमा फैलिएको नोबेल कोरानो भाइरस संक्रमणको रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउनका दौरान गाउँका बिपिन्न बर्गका मानिसहरुलाई छाक टार्न समस्या भएपछि उनले आफ्नो खर्चमा राहत सामग्री बितरण गरेका हुन्। 

उनले ३ हजार एक सय २५ किलो चामल, साढे २ सय किलो नुन, साढे २ सय वटा मास्क र करिब ६० किलो स्वाबिन मस्यौरा साढे २ सय परिवारमा बितरण गरेका हुन । ‘अहिले असहज परिस्थिती छ, धेरै परिवारलाई छाक टार्न समस्या भएको जानकारीपछि मेरो परिवारले राहत सामग्री बाँड्ने निधो गरको हो,’ तिवारीले भने, ‘गाउँमा कोही पनि भोक भोकै सुत्नु नपरोस् ।’

बहुअर्वा भाठामा रहेका स्थानीय प्रहरी चौकी र सशस्त्र प्रहरी बलको इकाईको समन्वयमा उनले लक्षित परिवारलाई उक्त सामग्री बाँडेका हुन । नेपाल प्रहरी, सशस्त्र प्रहरी र गाउँका भद्र भलाद्यमीहरुले सहजिकरण गरेर २ सय ५० जनामा व्यवस्थित किसिमले राहत बितरण गर्न सघाएका थिए । लकडाउनसमेत सरकारको निर्देशनहरु पालना गर्न कोरोना रोकथामको लागि आवश्यक रहेको समेत तिवारीले बताए ।

प्रकाशित मिति: : 2020-04-01 22:14:17

प्रतिकृया दिनुहोस्