खगेन्द्र संग्रौला
लघुवृत्तको कैद, अचल अवस्था र एकनासको दिनचर्या मानव आकाङ्क्षाविपरीत कुरा हुन् । मानिस त नित्य जीवनवृत्तको विस्तारको आकाङ्क्षा पो राख्छ । सायद कल्पनाशील कवि यसैलाई त मुक्त आकाशको उडानको चेष्टा भन्दो हो । कटु अनुभव भन्छ, जीवनको अचल अवस्था जीवनको समाप्ति हो, त्यो मृत्यु हो । त्यसैले त मानिस गतिमा जीवनको उमङ्गबोध गर्छ र दृश्य एवं क्रियाकलापको विविधतामा ऊ रम्छ । तर के लाग्छ, स्व–क्वारेन्टाइनका नाममा आफू त आफ्नै घरको चार दिवारभित्र कैद भएको छु । यसो सामाजिक सञ्जालतिर चियाइहेर्यो, सत्कर्मी ज्ञानी र दानीहरुको विशाल भीड दृष्टिगोचर हुन्छ । ती अहोरात्र समवेत स्वरमा अर्ती दिइरहेका हुन्छन्— हात धोऊ, घरै बस ! आफू र जगत्को भलो गर ! कोरोना नाथेले विचित्रको समय ल्यायो । यो विसङ्गत समयमा मानौँ हात धुनु र गृह–नजरबन्दमा प्याकिस हुनु ठूलै पौरख हो, सानदार पुण्यकर्म हो, उच्च जागरुकता एवं उदार ज्ञानदान हो । म अकिञ्चन थुनुवाको चित्तमा भने त्यस्तो कुनै गौरवबोध वा उदात्त भाव छैन । बरु मलाई त डर छ, यो अनिवार्य प्याकिसबन्दीको अवधि थपिँदे र तन्किँदै गए के होला ? भ्रष्ट सत्ता झनै भ्रष्ट र निरङ्कुश पो होला कि ? आपत्कालको बहानामा नागरिक अधिकारको झनै सङ्कुचन पो होला कि ? डरले काम्दै तात्कालिक बाध्यात्मक आवश्यकताको वेदीमा मानव स्वतन्त्रतालाई बलि चढाउन सकिन्छ र ? यो प्रश्न म एकदम सानो स्वरमा स्वयंलाई सुनाउँछु । डर लाग्छ, मौसमी ज्ञानी एवं परोपकारी मान्यजनहरुले सुने भने ती सब यो फुकिढल ज्यानमाथि अरिङ्गालको गोलोझैँ झ्वाम्मै खनिन के बेर !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया