बाह्रखरी
केदार घिमिरे (माग्ने बुढा) लाई दीपकराज गिरीले वैशाखको पहिलो साता चलचित्र छक्का पञ्जा ४ को स्क्रिप्टको फाइनलमा बसौंला भनेका थिए । त्यही मनोविज्ञानअनुसार केदार सोही समय पर्ने कामलाई अगाडि वा पछाडि सारेर वैशाख पहिलो साता छक्का पञ्जा ४ को स्क्रिप्टलाई समय मिलाउँदै थिए । जेठको पहिलो साताबाट चलचित्र फ्लोरमा जाने तयारी थियो ।
“वैशाखको पहिलो साता होइन चैतमै बसियो नि,” केदार हाँस्दै भन्छन् । मेला महोत्सवमा बाक्लै हिँड्ने उनका तय भइसकेका कार्यक्रम स्थगित भए । कोरोनाको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गर्यो । आम नेपाली झैं केदार पनि घरमै बस्नुपर्ने भयो । नागरिककै स्वास्थ्यका लागि सरकारले गरेको आग्रह मान्नै पर्यो । घरमा बस्नुको विकल्प छैन । बिहान ६ बजेभन्दा अगाडि नै केदार घरनजिकै मर्निङङ वाकका लागि निस्किन्छन् । जब अरू पनि उठ्न थाल्छन्, त्यसपछि उनी घर पस्छन् । कारण भीडभाडमा जानु हुँदैन भन्ने उनलाई थाहा छ । त्यसपछिको केही समय केदार आफ्नो घरकै कम्पाउन्डमा केही समय हिँड्छन् ।
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया