बाह्रखरी
केदार घिमिरे (माग्ने बुढा) लाई दीपकराज गिरीले वैशाखको पहिलो साता चलचित्र छक्का पञ्जा ४ को स्क्रिप्टको फाइनलमा बसौंला भनेका थिए । त्यही मनोविज्ञानअनुसार केदार सोही समय पर्ने कामलाई अगाडि वा पछाडि सारेर वैशाख पहिलो साता छक्का पञ्जा ४ को स्क्रिप्टलाई समय मिलाउँदै थिए । जेठको पहिलो साताबाट चलचित्र फ्लोरमा जाने तयारी थियो ।
“वैशाखको पहिलो साता होइन चैतमै बसियो नि,” केदार हाँस्दै भन्छन् । मेला महोत्सवमा बाक्लै हिँड्ने उनका तय भइसकेका कार्यक्रम स्थगित भए । कोरोनाको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गर्यो । आम नेपाली झैं केदार पनि घरमै बस्नुपर्ने भयो । नागरिककै स्वास्थ्यका लागि सरकारले गरेको आग्रह मान्नै पर्यो । घरमा बस्नुको विकल्प छैन । बिहान ६ बजेभन्दा अगाडि नै केदार घरनजिकै मर्निङङ वाकका लागि निस्किन्छन् । जब अरू पनि उठ्न थाल्छन्, त्यसपछि उनी घर पस्छन् । कारण भीडभाडमा जानु हुँदैन भन्ने उनलाई थाहा छ । त्यसपछिको केही समय केदार आफ्नो घरकै कम्पाउन्डमा केही समय हिँड्छन् ।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया