
बिएल संवाददाता
अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्याका हिसाबले चार लाखे क्लवमा प्रवेश गरेको छ। विश्वको एक मात्र महाशक्ति राष्ट्र अमेरिकाको कोरोनाको चारलाखे क्लवमा प्रवेश गर्ने पनि एक्लो राष्ट्र हो।
यो समाचार लेखिरहेको बेला वर्ल्डोमिटर्सले अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या चारलाख चारसय १२ देखाएको छ। मंगलबार ३३हजार तीनसय ३१ संक्रमित थपिएपछि अमेरिकाले यो कीर्तिमानी आँकडा छोएको हो।
कोरोना भाइरस संक्रमितको संख्यामा अमेरिकालाई दोस्रो र तेस्रो स्थानमा रहेर पछ्याइरहेको स्पेनमा एकलाख ४१ हजार नौसय ४२ र इटालीमा एक लाख ३५ हजार पाँचसय ८६ संक्रिमत रहेका छन्। मृतक संख्यामा अमेरिकाभन्दा अगाडि रहेका यी दुबै राष्ट्रको सक्रमित संख्या भने अझै पनि एकलाखे क्लवमै सिमीत छ।
अमेरिकाले मंगलबार मृतक संख्यामा पनि नयाँ कीर्तिमान कायम गरेको छ। एकै दिन यहाँ १,९७० कोरोना भाइरसको शिकार भएका छन्। यसअघि शनिबार एकै दिन १३३० को मृत्यु भएको थियो र त्यही नै अमेरिकाका लागि एकै दिन सबैभन्दा धेरै मर्नेको कीर्तिमानी संख्या थियो ।
यो पछिल्लो संख्यासँगै अमेरिकामा कोरोना भाइरसबाट मर्नेको संख्या १२ हजार आठसय ५४ पुगेको छ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया