बिएल संवाददाता
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कोरोना भाइरस (कोभिड १९) राहत कोषमा ३२ लाख २६ हजार २ सय ३८ रुपैयाँ ६३ पैसा जम्मा गरेको छ।
राखेपका पदाधिकारी र कर्मचारीको चैत महिनाको केहि प्रतिशत तलब कट्टा गरी उक्त रकम कोषमा जम्मा गरिएको राखेपअन्तर्गत प्रशासन विभागका प्रमुख एवं प्रवक्ता कुलबहादुर थापाले जनाएका छन्। नेपाल सरकारको निर्णयानुसार राहत कोषमा रकम जम्मा गरिएको थापाले जानकारी गराए ।
सदस्य–सचिवको पहलमा ६ सय परिवारलाई राहत
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालको पहलमा कोरोना भाइरस (कोभिड १९) का कारण कठिनाइमा परेका दैनिक मजदुरी गरी गुजारा चलाउदै आएका मजदुर, अपाङ्ग, एकल महिला, गरिब र विपन्न परिवारलाई सोमबार राहत स्वरुप खाद्य सामाग्री प्रदान गरिएको छ ।
सदस्य–सचिव सिलवालको अनुरोधमा द्घारिका होटल र नोबेल कलेजले काठमाडौं महानगरपालिका वडा ९ का ६ सय परिवारलाई राहतको व्यवस्था मिलाएको हो । लक्षित वर्गलाई चामल, नुन, तेल, दाल, गेडागुडी र चिउरा प्रदान गरिएको थियो ।
वडा पदाधिकारीको उपस्थितिमा सदस्य–सचिव सिलवाल, नोबेलका अध्यक्ष नवराज पाण्डे, वडा अध्यक्ष रामकृष्ण श्रेष्ठलगायतले बत्तीसपुतलीस्थित गोल्डेनगेट इन्टरनेसनल कलेजको हातामा राहत वितरण गरे । गत शुक्रबार पनि सदस्य–सचिव प्रमुख कार्यकारी अधिकृत रहेको शैक्षिक संस्था गोल्डेनगेट र सदस्य–सचिव सिलवाल नै अध्यक्ष रहेको संस्था हिसान तथा त्रिकृति कोलोनीले वडा ९ कै ५ सय ५० परिवारलाई राहत सामाग्री वितरण गरिएको थियो । त्यसमा ४ सय राहत सामाग्री गोल्डेनगेटको थियो।
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया