बिएल संवाददाता
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कोरोना भाइरस (कोभिड १९) राहत कोषमा ३२ लाख २६ हजार २ सय ३८ रुपैयाँ ६३ पैसा जम्मा गरेको छ।
राखेपका पदाधिकारी र कर्मचारीको चैत महिनाको केहि प्रतिशत तलब कट्टा गरी उक्त रकम कोषमा जम्मा गरिएको राखेपअन्तर्गत प्रशासन विभागका प्रमुख एवं प्रवक्ता कुलबहादुर थापाले जनाएका छन्। नेपाल सरकारको निर्णयानुसार राहत कोषमा रकम जम्मा गरिएको थापाले जानकारी गराए ।
सदस्य–सचिवको पहलमा ६ सय परिवारलाई राहत
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालको पहलमा कोरोना भाइरस (कोभिड १९) का कारण कठिनाइमा परेका दैनिक मजदुरी गरी गुजारा चलाउदै आएका मजदुर, अपाङ्ग, एकल महिला, गरिब र विपन्न परिवारलाई सोमबार राहत स्वरुप खाद्य सामाग्री प्रदान गरिएको छ ।
सदस्य–सचिव सिलवालको अनुरोधमा द्घारिका होटल र नोबेल कलेजले काठमाडौं महानगरपालिका वडा ९ का ६ सय परिवारलाई राहतको व्यवस्था मिलाएको हो । लक्षित वर्गलाई चामल, नुन, तेल, दाल, गेडागुडी र चिउरा प्रदान गरिएको थियो ।
वडा पदाधिकारीको उपस्थितिमा सदस्य–सचिव सिलवाल, नोबेलका अध्यक्ष नवराज पाण्डे, वडा अध्यक्ष रामकृष्ण श्रेष्ठलगायतले बत्तीसपुतलीस्थित गोल्डेनगेट इन्टरनेसनल कलेजको हातामा राहत वितरण गरे । गत शुक्रबार पनि सदस्य–सचिव प्रमुख कार्यकारी अधिकृत रहेको शैक्षिक संस्था गोल्डेनगेट र सदस्य–सचिव सिलवाल नै अध्यक्ष रहेको संस्था हिसान तथा त्रिकृति कोलोनीले वडा ९ कै ५ सय ५० परिवारलाई राहत सामाग्री वितरण गरिएको थियो । त्यसमा ४ सय राहत सामाग्री गोल्डेनगेटको थियो।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया