बुधबार, २० अगस्ट २०२५

नेपाल विद्युत प्राधिकरणको सिस्टम कोल्याप्स हुँदा देशभरि बत्ती गयो

News Image
• • •

नेपाल विद्युत प्राधिकरणको सिस्टममा समस्या आउँदा मंगलबार साँझ देशभर बिजुली गएको छ।  विद्युत प्राधिकरणका प्रवक्ता प्रवलराज अधिकारीका अनुसार सिस्टम एक्कासी कोल्याप्स हुँदा बत्ती गएको हो।

बेलुका ८:३५ बजे देशैभर बत्ती गएको हो। काठमाडौँ, विराटनगर, पोखरा, झापा, स्याङ्जा, झापा, उदयपुर, भक्तपुर, ललितपुरलगायत स्थानमा बत्ती गएको अधिकारीले जानकारी दिए।

अधिकारीका अनुसार सामान्यतया: २० मिनेटमा मर्मत गर्न सकिने भए पनि अझै केही बेर लाग्न सक्नेछ।

मंगलबार, बैशाख ०२, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)