बुधबार, २७ अगस्ट २०२५

धुम्बाराहीमा एक्लै बसेकी एक महिलामा कोरोना संक्रमण, स्वाब टेस्ट हुँदै

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

२५ दिनअघि बेलायतबाट फर्किएकी अर्की एक महिलामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ। धुम्बाराहीस्थित अकामा होटल नजिकै एक्लै बस्दै आएकी ६२ वर्षीय महिलामा र्‍यापिड टेस्ट गर्दा कोरोना भाइरस सकारात्मक देखिएको हो। 

उनलाई श्वासप्रस्वासमा समस्या भएपछि बिहीबार स्वास्थ्य विभागका दुई स्वास्थ्यकर्मीले घरमै पुगेर र्‍यापिड टेस्ट गरेका थिए। जसको नतिजा सकारात्मक फेला परेको हो। उनको बिहीबारै टेकु अस्पतालमा स्वाब परीक्षण हुने स्वास्थ्य विभाग सम्बद्ध श्राेतले बिएल नेपाली सेवालाई जानकारी दियाे।

परिवारका अन्य सदस्य विदेश भएका कारण नेपालमा उनी एक्लै बस्दै आएकी थिइन।    

बिहिबार, बैशाख ०४, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)