मङ्गलबार, १६ डिसेम्बर २०२५

विदेशमा कोरोनाबाट ज्यान गुमाउने नेपाली १४, संक्रमित ६ सय ६५

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

विदेशमा बसोबास गर्ने १४ नेपालीको हालसम्म कोरोना भाइरसका कारण निधन भइसकेको गैरआवासीय नेपाली संघ (एनआएएनए) का अध्यक्ष कुमार पन्तले जानकारी दिएका छन्। 

नेपालमा हालसम्म १६ जना संक्रमित देखिए पनि कोरोनाका कारण कसैको ज्यान गएको छैन। तर, विदेशमा बसोबास गर्दै आइरहेका नेपालीमध्ये बेलायतमा सबैभन्दा बढी ८, अमेरिकामा ५ र युनाइटेड अरब ईमिरेट्स (युएई) मा १ जनाको ज्यान गएको छ। 

अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समितिअन्तर्गत स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार हालसम्म विदेशमा बस्ने ६ सय ६५ जनामा संक्रमण भएको तथ्यांक संस्थासँग छ। 

उनले अमेरिकामा ५ सय, बेलायतमा सय, स्पेनमा १८, युएईमा १०, जर्मनीमा ४, पोर्चुगलमा ८, अस्ट्र्ेलियामा ९, साउदी अरबमा ४, कुवेतमा ५ जना संक्रमित रहेको बताए। यस्तै, जापान, मलेसिया, म्यानमार र हङकङमा १–१ जना नेपालीमा संक्रमण देखिएको उनले बताएका छन्। 
 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!