बिहिबार, १४ अगस्ट २०२५

बीच बाटोमै राहत सामग्री लुटियो, लुटेरा प्रहरी नियन्त्रणमा

News Image
• • •

पर्साका विपन्न परिवाका लागि लैजाँदै गरेको राहत समग्री बिच बाटोमै लुट्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यलय, पटेर्वा सुगौली र एकटागां पर्साबाट खटि गएको टोलीले उनीहरुलाई शनिबार साँझ पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पर्नेमा पर्सा पर्सागढी ५ पचमुखी टोल बस्ने वर्ष २८ का श्याम कुमार शर्मा, वर्ष १८ को सम्सुल हवारी, वर्ष २२ को चन्द्रकिशोर साह, वर्ष ४० का चन्द्रिका पटेल र ५५ वर्षिय दर्शन रायभर रहेको प्रहरीले जनाएको छ।

उनीहरुले लकडाउनका कारण प्रभावित भएको विपन्नका लागि पर्सागढी नगरपालिकाले वडा नम्बर ६ मा पठाएको राहत सामग्री वडा नं‍. ५ मा लुटेका थिए। ६ नम्बर वडा पुग्नुअघि नै बाटोमै राहत सामग्री बोकेको सवारी साधनलाई अवरोध गरेर उनीहरुले लुटेको प्रहरीले जनाएको छ।

थप अनुसन्धानका लागि उनीहरुलाई जिल्ला प्रहरी कार्यालय, पर्सामा ल्याइएको छ। 

शनिबार, बैशाख ०६, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)