समाजवादी र राजपाको रातारात एकता, नयाँ पार्टीकाे नाम जनता समाजवादी पार्टी

डा. बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी फुट्नबाट जोगाउने प्रयासस्वरुप राति नै महन्थ ठाकुरसहित छ जना अध्यक्ष रहेको राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकता घोषणा  भएको छ । 

दुई पार्टी एकता भएपछि नाम 'जनता समाजवादी' राखिएको छ। एकीकृत पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको झण्डा हुनेछ भने चुनाव चिन्ह छाता हुनेछ। 

लामो समयदेखि एकीकरण प्रक्रियामा रहेको राजपा र समाजवादीबीच बुधबार राति सहमति भएको हो। पार्टीको वरीयता क्रममा महन्थ ठाकुरलाई पहिलो नम्बरमा राखिएको छ।

राजपा स्रोतका अनुसार, समाजवादीका विभाजनकारी सांसद्हरूले पार्टीको घोषणा गर्नुअघि नै एकता घोषणा भएकाे हो। राजपा नेपालकी सांसद् निर्जला राउतको सानेपास्थित निवासमा बैठक गरी उक्त पार्टी एकता भएको हाे । यसअघि राजपा नेपाल पनि सोही घरमा बसेर मध्यरातमा एकता भएको थियो ।

प्रकाशित मिति: : 2020-04-22 23:29:19

प्रतिकृया दिनुहोस्