मङ्गलबार, १६ डिसेम्बर २०२५

नेकपा सचिवालय बैठक आज साँझ बस्दै

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
News Image
• • •

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बुधबार साँझ बस्ने भएको छ।

यसअघि हिजो नेकपा वरिष्ठ नेता माधव नेपाल निकटका नेताहरूसँग भएको भेटमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली निकट नेताहरूले मंगलबार सचिवालय बैठक बस्ने जानकारी दिएका थिए। तर बैठक बस्नेबारे कुनै तयारी नभएपछि आज साँझ ५ बजेलाई सारिएको हो।

अध्यक्ष  ओलीले आफू अनुकूल नहुँदासम्म मंगलबार बोलाइएको सचिवालय बैठक रोकिएको प्रचण्ड निकट स्रोतले आरोप लगाएको छ। तर ओली निकट स्रोतले भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच केही कुरा बाँकी रहेकाले आजका लागि सारिएको जानकारी दिएको छ।

मंगलबार मात्रै ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको थियो। भेट लगत्तै सचिवालय बैठक बोलाइएको हो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!