टिकटकका प्रयोगकर्ताको संख्या २ अर्ब नाघ्याे

वर्तमान समयको सर्वाधिक लोकप्रिय भिडियो शेयरिङ एप टिकटकका प्रयोगकर्ताको संख्या २ अर्ब नाघेको छ।

चिनियाँ कम्पनी बाइट डान्स मातहतको यो लोकप्रिय एपकाे प्रयोगकर्ता  पाँच महिनाअघि डेढ अर्ब पुगेका थिए। तर पछिल्लो पाँच महिनामै टिकटकले ५० करोड नयाँ प्रयोगकर्ता थप्न सफल भएको हाे।

 यो लोकप्रिय एप गुगलको प्लेस्टोर तथा एप्पलको एप स्टोरबाट गरी २ अर्ब पटक डाउनलोड भएको मोबाइल प्रविधि तथा एप्लिकेसन सम्बन्धी अनुसन्धान गर्ने कम्पनी सेनसाेर टावरलले जनाएको छ।

जनवरीदेखि मार्च सम्मको अवधिमा एप स्टोर र गुगल प्लेमा गरी टिकटक ३१ करोड ५० लाख पटक डाउनलोड भएको छ। 

रिपोर्ट अनुसार टिकटक प्रयोगमा भारत सबैभन्दा अगाडि रहेको छ। भारतमा कूल ६१ करोड १० लाख पटक टिकटक डाउनलोड भएको छ। यो टिकटकको कूल प्रयोगकर्ताको ३० दशमलब ३ प्रतिशत हो।

दोश्रो स्थानमा रहेको चीन भारतभन्दा निकै पछाडि छ। चीनमा टिकटक एप १९ करोड ६६ लाख पटक डाउनलोड भएको छ।

पछिल्लो ३ महिनामा टिकटक एपको डाउनलोड संख्याले कीर्तिमान कायम गर्नुमा महामारीको लकडाउन सबैभन्दा मूख्य कारण रहेको बताइएको छ। 

कोरोना भाइरस महामारीको लकडाउनका कारण करोडौँ मानिसहरु घरभित्रै रहेको र उनीहरुले मनोरञ्जनका लागि टिकटकको अत्यधिक प्रयोग गरिरहेको रिपोर्टमा उल्लेख छ।

प्रकाशित मिति: : 2020-04-30 13:44:33

प्रतिकृया दिनुहोस्