महेश नेपाली
कर्णलीको जुम्ला, मुगु र कालिकोटमा लागु भएको स्याउ विमा कार्यक्रम प्रभावकारी बनेपछि विमा गर्नेहरुको संख्या बढ्दै गएको छ। कर्णालीमा केही वर्षयता स्याउको बिरुवा लगायत निर्जीवन बिमा प्रति आकर्षण बढ्दै गएको हो। थोरै लगानीमा धेरै रकम प्राप्त हुने भएपछि बिमा प्रतिको आकर्षण बढ्दो छ।
कर्णालीका स्याउ फल्ने तीन जिल्लामा स्याउका बिरुवाको विमा गर्ने सरकारी कार्यक्रम चलेको छ। यो वर्षको सिजनका लागि जुम्लमा ९ सय किसानले ५० हजार स्याउका बिरुवाको विमा गरेका छन्। त्यस्तै मुगुमा ३ सय किसान १९ हजार स्याउका बिरुवा र कालिकोटमा ३ सय जना किसाले २६ हजार स्याउका बिरुवाको विमा गरेका छन्।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउका कारणले गर्दा धेरै किसानले आफ्नो बगैचामा रहेका स्याउको विमा गर्न नपाएको स्याउ विमा गर्ने कम्पनी शिखर इन्सोरेन्स जुम्लाले जनाएको छ। स्याको विमा गर्न किसानले सम्पर्क गरेपनि लकडाउनमा बैंक नखुलेको र मानिसहरु एक ठाउँबाट अर्को ठाउँमा जान नपाएकाले विमाबाट छुटेका छन्।
जुम्लामा सबैभन्दा बढी स्याउको बिमा गरिएको शिखर इन्सोरेन्सका क्षेत्रीय प्रवन्धक ऋषिराम पाण्डेले बताए। ‘कर्णाली क्षेत्रमै सबैभन्दा धेरै जुम्लामा ५० हजार स्याउको बिरुवाको विमा गरिएको छ’ उनले भने, ‘एक जना किसानले एक बिरुवा देखि सात सय बिरुवा सम्मको विमा गरेका छन् । निर्जीवन बिमा कार्यक्रममा सरकारले ७५ प्रतिशत र विमितले २५ प्रतिशत लगानी गर्नु पर्ने व्यवस्था छ।’
जुम्लामा पतारासी गाउँपालिकाका किसालने धेरै स्याउका बिरुवाको विमा गरेका छन्। संस्थागत रुपमा कैलाश कोल्ड स्टोर र पेस नेपाल नामक संस्थाले पनि स्याउका बिरुवाको विमा गरेका छन्।
विमाका फाइदाका बारेमा पछिल्लो समय बढ्दै गएको चेतनाका कारण विमा गराउने कृषकहरुको संख्या बढ्दै गएको जुम्लाका विमा सहजकर्ता लक्षिराम महतले बताए। ‘थोरै लगानीले धेरै पाउने चेतनाले छोएपछि बिमा गर्नेहरुको संख्या बढ्दै छ’ उनले भने, ‘स्याउको बिरुवा विमा गर्नाले स्याउ किसानलाई प्रत्यक्ष राहत दिएको छ।’
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया