मङ्गलबार, १६ डिसेम्बर २०२५

सिंहदरबार मूलगेटअगाडि प्रहरी र चिनिया नागरिकबीच झडप, डिएसपीसहित ६ प्रहरी घाइते (भिडियो)

News Image
• • •

घर फर्कन पाउनु पर्ने भन्दै सिंहदरबारको मुख्‍य गेट अगाडि धर्ना दिन आएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ।

झडपमा परी डिएसपी हरिबहादुर बस्नेतसहित ६ जना प्रहरी घाइते भएका छन् ।

शुक्रबार दिउँसो निषेधित क्षेत्रमा करिब २५-२६ जनाको संख्यामा आएका चिनियाँ नागरिकहरू जुलुससहित आएपछि झडप भएको छ।

चिनियाँ नागरिकको ढुंगा प्रहारबाट डीएसपी हरीबहादुर बस्‍नेतसहित ४ जना प्रहरी घाइते भएका छन् ।

यस्तै प्रहरीको लाठी चार्जको क्रममा दुई चिनियाँ घाइते भएका छन्। सामान्य घाइते भएका उनीहरूलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ।

३८ जनाको संख्यामा रहेका उनीहरू 'वी वान्ट टू गो ब्याक होम' लेखिएको प्ले कार्ड बोकेर सिंहदरबार गेट अगाडि धर्ना बसिरहेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!