बुधबार, २४ सेप्टेम्बर २०२५

घरै बसेर सन्दीप क्षेत्रीले बनाए फिल्म, महजोडीदेखि दीपा-दीपकसम्म

सेतोपाटी

सेतोपाटी

काठमाडौँ
News Image
• • •

जुना श्रेष्ठ

लकडाउनमा बस्नु परेकाले यो बेला प्राय: सबैलाई निस्कनु त कहाँ जानु, घरभित्रै पनि कसरी समय बिताउनु भन्ने छटपटी छ। चिरपरिचित हाँस्य कलाकार, स्ट्यान्डप कमेडियन तथा 'ह्वाट द फ्लप' कार्यक्रमका प्रस्तोता सन्दीप क्षेत्री यस्तै छटपटीमा छन्।

उनी कसरी हुन्छ, घर बाहिर निस्कने दाउमा छन्। कहिले साथी भेट्ने, कहिले गितार सिक्ने त कहिले टाढा रहेका बुवालाई भेट्ने निहुँ। घरबाहिर निस्कन खोज्ने उनका हरेक बहाना असफल भएका छन्। 

सन्दीपको विचलित पारा देखेर उनका दाइले गाली गर्छन्। काकाले आफैं गितार सिकाइदिने कुरा गर्छन्। अर्का काकाले अनलाइन लुडो खेलौं भन्छन्। दिदीले मीठा-मीठा परिकार बनाएर खुवाउँछिन्।

सोमबार, बैशाख २९, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)