सगरमाथामा चीनको चाल

विश्वको सर्वोच्च शिखर सगरमाथाका बारेमा चीन झन्–झन् आक्रामक हुँदै गइरहेको छ। सगरमाथा नेपालको भूमिमा पर्छ भन्ने तर्कमा दुइमत छैन, तर पनि बेलाबेला चीनका अनेकन गतिविधिले झस्काउँछन्। चीन सरकारको निगरानीमा रहेको सिजीटिएन च्यानलको ट्वीटका अनुसार सगरमाथामा चीनको भूमिकाले विश्वव्यापी रूपमा नयाँ बहसको सुरुवात गरेको छ।

सगरमाथाको उचाई नाप्न चीनले अभियान आरम्भ गरेको छ। यस अभियानले अन्तिम रूप लिएपछि सगरमाथाका विभिन्न फोटोहरू सिजीटिएनले ट्वीटरमा प्रकाशित गर्‍यो। प्रकाशित फोटोमा टिप्पणी गर्दै चीनको इलाकामा सगरमाथाको चित्र उल्लेख गरियो।

यसले भारत, नेपाल र चीनका नागरिकहरू बीच ट्वीटर युद्व नै सुरु भयो। सिजीटिएनले प्रकाशित गरेको फोटोमा विवाद बढ्दै गएपछि, उक्त च्यानलले फोटोहरु ट्वीटरबाट हटाएको छ। सामाजिक सञ्जालदेखि नेपाल र भारतका सञ्चारमाध्यमले समेत चीनको यो कार्यप्रति तिब्र बिरोध जनाएका थिए। नागरिकको तहमा विरोध भए पनि, नेपाल सरकार यस विषयमा चुप नै देखियो।

सन् १९५० को दशकमा चीन र नेपालबीच बीस क्षेत्रमा सीमा विवाद भएको थियो। यस विवादलाई सुल्झाउन दुई देशले संयुक्त आयोग गठन गरे। सन् १९६१ मा नेपालका तत्कालिन प्रधानमन्त्री बीपी कोइराला र चीनका तत्कालिन सर्वोच्च नेता माओबीच विवाद समाधान गर्न एक सम्मेलन सम्पन्न भएको थियो।

अन्ततः कोइराला र माओबीच सगरमाथा सीमा बिवाद समाधान त भयो तर, चीनको तर्फबाट अहिले पनि कता–कता चित्त नबुझे झै देखिन्छ।

सीमा विवाद समाधानको समयमा माओले सगरमाथालाई 'नेपाल–चीन मैत्री चुचुरो' नाम दिन चाहेका थिए। माओको यो तर्कलाई नेपालले पूर्णरूपमा अस्वीकार गर्‍यो। यस शिखरलाई विश्वभर नै सगरमाथा भनेर चिनिन्छ। यो नेपालको भूमिमा पर्छ भन्ने कुरामा कुनै विवाद नै छैन। तर, सगरमाथा पूर्ण रूपमा आफ्नो बनाउने चालहरूबाट भने चीन पछि हटेको छैन।

चीनले हालै सगरमाथा बेस शिविर नजिक ‘फाइभ जी’ टावर निर्माण समेत गर्‍यो। सगरमाथाको कुल उचाई ८ हजार ८ सय ४८ मीटर  (लगभग ३० हजार फीट) छ। यो टावर साढे ६ हजार मिटर उचाईमा बनेको छ। यसको नेटवर्क सिधा सगरमाथामा नै पुग्छ। पर्वतारोहणी, पर्यटकको सुविधा र दुर्घटना हुँदा उद्धार कार्यका लागि ठूलो सहयोग हुनेछ। र अर्को गम्भीर कुरा चीनले नेपालको सीमामा जासुसी गर्न प्रयोग गर्न सक्नेछ। यो एक मोबाइल टावर हो। यस मार्फत चीनले तिब्बतमा सञ्चारको नयाँ पूर्वाधार निर्माण गरेको छ।

चीन अहिले सगरमाथाको उचाई नाप्ने प्रक्रियामा छ। सन् १९७६ र २००८ मा समेत यस्तै तरिकामार्फत सगरमाथाको मापन गरिएको थियो। चीनको दावीले सगरमाथाको ठ्याक्कै उचाईको बारेमा नयाँ प्रश्न खडा गर्‍यो। उसले ८ हजार ८ सय ४४ मीटर बनाएको थियो। यो तथ्य गलत छ। यसबाट पनि प्रष्ट हुन्छ कि– चीनको नियत राम्रो छैन। हुनत, चीनको यस्तो दाबीलाई नेपालले तत्कालै खण्डन गरेको थियो।

सगरमाथा आरोहणका लागि चीनभन्दा नेपालबाट सजिलो छ। नेपाल पर्वतारोहणको पहिलो विकल्प हो। नेपालले त्यहाँ पूर्वाधार निर्माण गरेको छ। नेपालले पर्वतारोहणबाट एघार सय डलर प्राप्त गर्छ। यसमा आर्थिक पक्ष पनि जोडिएको छ। आजको समयमा संसार कोरोनासँग लडिरहेको छ। यस्तो अवस्था पनि चीनले सगरमाथामा आँखा गाड्न छाँडेको छैन। र सगरमाथा नै नेपाल हो, नेपाल नै सगरमाथा हो।

प्रकाशित मिति: : 2020-05-13 17:25:00

प्रतिकृया दिनुहोस्