आइतबार, १७ अगस्ट २०२५

ताप्लेजुङमा खहरे खोलाले बगाउँदा दुई महिलाको ज्यान गयाे

बिएल संवाददाता

बिएल संवाददाता

ताप्लेजुङ
News Image
• • •

ताप्लेजुङमा शुक्रबार राति परेको भारी वर्षापछि खहरे खोलाले बगाउँदा दुई महिलाको ज्यान गएको छ। अर्की एक जनालाई तमोर नदीले बगाएको छ।  

फुङ्लिङ नगरपालिका ९ हाङ्देवास्थित हिरेवाखोलाले बगाउँदा अन्दाजी ३२ वर्षीय एक महिलाकोे ज्यान गएको हो। 

शरीरको तल्लो भाग पूरै क्षतविक्षत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डीएसपी) महेन श्रेष्ठले जानकारी दिए। 

महिलाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याईएको समेत प्रहरीले जानकारी दिएको छ भने तमोरले बगाएकी महिलाको भने पहिचान हुन सकेको छैन।

शनिबार, जेठ ०३, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)