बिहिबार, २१ अगस्ट २०२५

बाह्रबिसेकी सुत्केरी महिलाको मृत्यु, स्वाब टेकु ल्याइयाे

बिएल संवाददाता

बिएल संवाददाता

सिन्धुपाल्चाेक
News Image
• • •

धुलिखेल अस्पतालमा उपचारका लागि भर्ना भएकी सुत्केरी महिलाको मृत्यु भएको छ।

स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना भएकी सिन्धुपाल्चोक बाह्रबिसे ८ स्थित ठोटनेरीकी २९ वर्षीया महिलाको बिहीबार राति मृत्यु भएको हो।

ती महिला ९ दिनअघि काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी थिइन्। त्यसपछि घर लगिएकी उनमा स्वासप्रश्वासमा समस्या देखिएपछि धुलिखेलमा भर्ना गरिएको थियो।

उनको पीसीआर परीक्षणका लागि  स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ।

महिलाको रिपोर्ट आउन बाँकी रहेको काभ्रेका जनस्वास्थ्य कार्यालय प्रमुख नरेन्द्र झाले बताए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!