बिएल संवाददाता
उपत्यका प्रवेश गर्ने प्रमुख नाका नागढुंगामा खटिएका युवा स्वयंसेवी स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा एक फेसबुके पत्रकार पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चन्द्रागिरिका १ का उत्तम कार्की रहेको काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले पुष्टि गरेका छन्।
शुक्रबार दिउँसो उनीलगायतको टोलीले बागमती प्रदेशका जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीलाई दुर्व्यवहार गरेका थिए। उनीहरुले कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि खटिएको भन्दै कार्कीलाई हप्काइ दप्काइ गरि प्रहरीकै अगाडि कार्कीको खनतलासी गरेका थिए।

कार्कीले आफूले आफैलाई पत्रकारकाे दाबी गर्दै विभिन्न निकायहरु पुगेर फेसबुकमा थर्काउने गरेका छन्। उनले स्वास्थ्यकर्मीमाथि मोवाइल तेर्साएर अनावश्यक केरकार गरेका थिए।
कार्कीविरूद्ध अभद्र व्यवहारको कसूर सम्बन्धी अभियोगमा कारबाही प्रक्रिया अघि बढ्ने एसएसपी ज्ञवालीले बताए।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया