
बिएल संवाददाता
महाकाली नदिमा हाम फालेकी एक महिला बेपत्ता भएकी छन्। सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाका गुल्मपति डम्बर बहादुर बिष्टका अनुसार महाकाली नगरपालिका‐७ थालीगाडकी ३३ वर्षिय कुस्मा थापा नदिमा हाम फालेर बेपत्ता भएकी हुन्।
थापाले आइतबार मध्यान्ह करिब १२ः३० बजे तिर महाकाली नगरपालिकाकाे थालीगाड भन्ने स्थानबाट महाकाली नदिमा हाम फालेकी हुन्। नदिमा हाम फालेकी थापाको खोजी कार्य भैइरहेको छ।
सशस्त्र प्रहरीको दार्चुला गुल्मबाट खटिएको विपद उद्दार टोली र नेपाल प्रहरीको सयुक्त टोली थापाको खोजी कार्य गरिरहेको छ। थापाले नदिमा किन हाम फाले भन्ने बारे खुल्न नसकेको उनले जानकारी दिए। स्थानीयका अनुसार थापाका श्रीमानले दोस्रो विवाह गरेपछि घर परिवारमा तनाव सिर्जना भएको थियो।
थापाको खोजी कार्य गर्न प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाका गुल्मपति डम्बर बहादुर बिष्ट, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरिक्षक पदम बहादुर बिष्ट लगायतको टोली घट्नास्थलमा पुगेको छ ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया