बिएल संवाददाता
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस संक्रमितको संख्या बढ्दो क्रममा रहेकाले नेपालका लागि आउँदा दिन थप चुनौतीपूर्ण हुन सक्ने बताएका छन्।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को ७३ औँ विश्व स्वास्थ्य सम्मेलनलाई भिडियो मार्फत सम्बोधन गर्दै उनले कोरोना भाइरसविरुद्धको अभियानमा सबै संयन्त्र परिचालन गरी काम गरिरहेको बताए।
‘कोरोना भाइरसविरुद्धको अभियानमा सबै संयन्त्र परिचालन गरी काम गरिरहेको छौं,’ उनले भने,‘तर पनि साधन स्रोतको कमी रहेको र संक्रमण बढ्दो क्रममा रहँदा चासो र चिन्ता थपिएको छ।’
मन्त्री ढकालले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि डब्लुएचओले गरेको प्रयासको प्रशंसा गरे। नेपालसहितका देशहरुका लागि अन्तर्राष्ट्रिय सहयोग अत्यावश्यक छ। कोरोना भाइरसले कुनै पनि जात, रंग, पेशा वा वर्गका भनेर छोड्दैन,’उनले भने।
मन्त्री ढकालले सम्बोधनको क्रममा कोरोना भाइरसविरुद्धको अभियानमा अग्रपंक्तिमा रहेर खटिएका सबैलाई धन्यबाद पनि दिएका थिए।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया