शनिबार, २३ अगस्ट २०२५

कलापानीलगायतका क्षेत्रबाट भारतीय सुरक्षाकर्मी हटाऊँ: मसाल

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
News Image
• • •

नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले कलापानीलगायतका क्षेत्रबाट भारतीय सुरक्षाकर्मी हटाउन माग गरेको छ । 

सरकारले अतिक्रमणमा परेको लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गर्ने निर्णय गरेको भोलिपल्ट मंगलबार  मसालका महामन्त्री मोहनविक्रम सिंहले  विज्ञप्तिमार्फत यस्तो बताएका हुन्।

 ‘सरकारले यही प्रकारले सीमासम्बन्धी अन्य विवाद तथा कालापानीमा कब्जा गरेर बसेको भारतीय सेनालाई नेपालको भूमिबाट हटाउन पनि साहसीक कदम उठाउनुपर्नेमा जोड दिन्छौं ,’उनले भने।

कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायतका मुद्दालाई आवश्यकता अनुसार अन्तराष्ट्रियकरण गर्नुपर्ने मसालको माग छ । नयाँ नक्साका लागि उसले सरकारलाई धन्यवाद ज्ञापन समेत गरेको छ ।
 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!