मनिषालाई लघुकथा सुनाउँदै सुष्मा स्वराजका श्रीमानले भने– नेपाललाई तल झार्ने काम गर्नुभयाे

सरकारले भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको नयाँ नक्सा अनुमोदन गरेपछि समर्थमा ट्वीट गरेकी अभिनेत्री मनिषा कोइरालाका विषयमा विभिन्न तर्कहरु आइरहेका छन्।

मन्त्रिपरिषद्ले नेपालको नयाँ नक्सा स्वीकृत गरेसँगै कोइरालाले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई आवश्यक कदम उठाएकोमा धन्यवाद व्यक्त गरेकी थिइन्।

सोही ट्वीटलाई रिट्वीट गर्दै मनिषाले लेखेकी थिइन्,’हाम्रो सानो राष्ट्रको गरिमा बढाएकोमा धन्यवाद। अब तीन महान देशबीच शान्तिपूर्ण र सम्मानजनक वार्ताको आशा गर्दछु।’

उनले गरेको ट्वीटलाई लिएर नेपालीहरुले मनिषाको उच्च प्रसंशा गरेका छन्। तर नेपालमा मनिषाको समर्थन भइरहँदा भारतीय ट्वीटर प्रयोगकर्तादेखि सञ्चारमाध्यमले उनीविरुद्ध विरोध जनाइरहेका छन्। भाभारतकी दिवंगत विदेशमन्त्री सुष्मा स्वराजका श्रीमान् स्वराज कौशलले उनको ट्वीटको जवाफमा थुप्रै ट्वीट गरेका छन्।

याे पनि– नेपालको पक्षमा बोलेको भन्दै मनिषामाथि खनिए भारतीय मिडिया र समर्थक, भारतबाट लखेट्न माग

स्वराज कौशलले लेखेका छन्, ‘म तपाईसँग बहस गर्न सक्दिनँ मेरी छोरी, मनिषा कोइराला। मैले तपाईलाई सधैं आफ्नै छोरी मानेको छु। जब तपाईले हामीलाई १९४२– ‘अ लभ स्टोरी’को प्रिमियरमा आमन्त्रिण गर्नुभएको थियो, तब म पूरा फिल्म हेर्नका लागि बस्न सकिनँ तर सुष्माले पूरा फिल्म हेरिन्। त्यतिबेला बाँसुरी तपाईको काखमा बसेकी थिइन्। ’

‘यो २७ वर्ष अघिको मात्रै कुरा हो। सन् १९७७ र त्यसपछि तपाई साउथ एक्समा बस्न थाल्नुभएको थियो। तपाई साकेतको एपीजे स्कूलमा पढ्नुहुन्थ्यो। तपाईका बुबा प्रकाश कोइराला मेरा भाइजस्ता हुन् र आमा सुष्मा कोइराला मेरी भाउजु र साथी हुन्। हामीसँग साथमा मुस्किल समय देखेका छौं,’ उनी थप्छन्।

‘जुन दिन एम्समा तपाईका हजुरबुवा बीपी कोइरालालाई क्यान्सर भएको थाहा भयो म उनीसँगै थिएँ। मलाई थाहा छ, बीपीले मलाई भन्नुभएको थियो, ‘यो क्यान्सरको एड्भान्स स्टेज हो र म बाँच्ने समय भनेको ६ महिना हो।’ म त्यतिबेला दुःखी थिएँ तर मैले उनको अनुहारमा निराशाको कुनै भाव देखिनँ,’ उनले भने।

याे पनि– प्रधानमन्त्रीका प्रेस सल्लाहकारले लेखे- सिंगो नेपाल र नेपालीजन मनिषाकाे साथमा

‘म तपाईको परिवारको गौरवशाली परम्परासँग परिचित छु। तपाईका हजुरबुवा बीपी र उनका दुबै भाइ अर्थात् सबै तीन दाजुभाइ नेपालका प्रधानमन्त्री बने। तपाईकी फूपू शैलजा आचार्य पनि नेपालकी उप–प्रधानमन्त्री थिइन्।’

‘मलाई यो पनि थाहा छ कि तपाईको परिवारले कति संघर्ष गरेको छ। तपाईका हजुरबुवा बीपी कोइराला १८ वर्षसम्म जेलमा थिए। उनको ज्यान यसकारण बच्यो किनभने हिन्दू राष्ट्र नेपालमा एक ब्राह्मणलाई फाँसी दिन पाइँदैनथ्यो। तपाईकी फूपू (बीपी कोइरालाकी छोरी) ले पनि जेलमा आठ वर्ष बिताइन्।’

‘र अब म तपाईका पिता प्रकाश कोइरालाबारे बताउन चाहन्छु। उनी नेपाली कांग्रेसको संघर्षमा उनको समर्थक थिए। म सबैबारे सोच्छु। जेपी, लोहिया, चन्द्रशेखर जी, जर्ज फर्नान्डिस। सन् १९७३ मा म पनि थुप्रै हप्ताका लागि नेपालमा थिएँ र महलभित्रको आँगन पुगेको थिएँ।’

‘हामी लोकतन्त्रका लागि तपाईहरुको संघर्षमा तपाईंको साथमा थियौं। त्यहाँ भारत वा भारतीयजस्तो केही पनि थिएन। एकपटक जब तपाईंको राजासँग सम्झौता भयो, हामीलाई केही पनि चाहिएको थिएन। जब हामीलाई एक सांसदको रुपमा तपाईंको विचारबारे थाहा भयो, म दुःखी भएँ, तर त्यतिबेला मैले सोचेँ कि त्यो नेपाली राजनीतिका लागि अनिवार्य थियो।’

‘भारतीयलाई थाहा हुनुपर्छ कि त्यतिबेला दुनियाँको एकमात्र हिन्दु राष्ट्रलाई तहसनहस पार्ने षड्यन्त्र चलिरहेको थियो। षड्यन्त्र गर्नेहरु माओवादीसँग मिलेका थिए। उनीहरुले एकमात्र हिन्दु राष्ट्र तहसनहस पारे, उनीहरुको उद्देश्य पूरा भइसकेको थियो।’

याे पनि–मनिषाको ट्विटलाई लिएर भारतीय मिडियाहरु रोइलो गरेछन् : पूजा

‘यसको नतिजा यो भयो कि कम्युनिष्टले चीनलाई भारतविरुद्ध प्रयोग गर्न सुरु गरे। वा यस्तो भनौं कि चीनले कम्युनिष्टलाई भारतविरुद्ध प्रयोग गर्न सुरु गरे। परिणामस्वरुप पारम्परिक रुपमा हिमालयसम्म जाने भारत–चीन सीमा अब वीरगञ्जसम्म छ।’

‘भारतलाई नेपालसँग असन्तुष्टि हुनसक्छ वा नेपाल र भारतबीच गम्भीर विवाद हुनसक्छ। यो नेपाल र भारतबीचको कुरा हो। तपाईले चीनलाई बीचमा कसरी ल्याउन सक्नुहुन्छ? यो हाम्रो लागि खराब हो। र यो नेपालको लागि पनि राम्रो होइन।’

‘जब तपाईले चीनलाई बीचमा ल्याउनुहुन्छ, तपाईले हामीसँगको हजारौं वर्ष पुरानो सम्बन्धलाई समाप्त गरिरहनुभएको छ। तपाईले हाम्रो पारस्परिक सम्बन्धलाई समाप्त गरिरहनुभएको छ। र सबैभन्दा महत्वपूर्ण कुरा, एक सर्वभौम देशको रुपमा तपाईले आफ्नो देशको स्थितीलाई थप तल झारिरहनु भएको छ।’

प्रकाशित मिति: : 2020-05-21 14:27:05

प्रतिकृया दिनुहोस्