रातोपाटी
यावत मुद्रण र विद्युतीय माध्यममा सुगाशैलीमा एउटा समाचार छापियो । यी सबैको आशय एउटै थियो, भाका एउटै । मानौँ केवल नामका हिसाबले यी फरक माध्यम हुन्, कर्म र धर्मका हिसाबाले यी हुन् एकै बटनद्वारा सञ्चालित यन्त्रमानव— रोबोट । समाचारले भन्यो— पच्चीस वर्षे युवक नरैनापुरको क्वारेन्टाइनमा मरे । यो समाचार सरासर असत्य थियो । सत्य समाचार क्वारेन्टाइन स्थल, दीपेन्द्र प्राविका भित्तामा गोबरका निराकार अक्षरमा लेखिएको थियो— पच्चीस वर्षका युवकलाई सरकारले थुनेर मार्यो ! यी अनेकओली माध्यमका छापिएको समाचारको पेट व्यहोरामा भने कमसेकम यो समाचार अर्ध–सत्य थियो, जसमा युवक कुन अवस्थामा मरे, कसरी मरे, कसले मार्यो आदि कुराको वृत्तान्त थियो ।
क्वारेन्टाइनमा मारिएका युवक बाँके जिल्लाका थिए । ती थिए, सीमान्त अल्पसंख्यक मुस्लिम समुदायका एक सदस्य । नरैनापुर गाउँपालिका थियो तिनको दुखिया बासस्थल । मर्मान्तक व्यथा र असैह्य वेदनायुक्त तिनको कथा हदै हृदयविदारक छ । राप्ती किनारमा तिनका परिवारको खोस्रिखाने अलिकता माटो थियो, त्यो माटोमा तिनको मुन्टो लुकाउने सानो छाप्रो थियो । साठी सालमा राप्तीको बाढीले तिनको खोस्रिखाने माटो बगायो, एकहत्तर सालमा तिनको मुन्टो लुकाउने छाप्रो बगायो । राप्तीको बाढीमा तिनको लालपुर्जा बग्यो, र सँगै बगेर गयो तिनको नागरिक बन्ने निस्सा पनि । र, बासउठ्ठा भएको तिनको अनागरिक परिवार नजिकैको सामुदायिक वनको शरण पर्यो । सत्ता, शक्ति र सम्पत्तिका स्वामी हुकुमबासीको राजमा तिनको परिबार अब सुकुम्बासी भयो ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया