नागरिक दैनिक
विराट काव्य प्रतिभाका धनी नेपाली साहित्यका युगकवि सिद्धिचरण श्रेष्ठ(१९६९–२०४९) का कवितामा मूल रूपमा देशप्रेम, सामाजिक विसंगतिप्रति व्यंग्य एवं विद्रोहको क्रान्ति चेतना र युग बोधको प्रबल भावना व्याप्त पाइन्छ। युगकवि श्रेष्ठका अनुसार, उज्यालो घामका निम्ति जिउँदो अन्धकारसित लडन्त–भिडन्त गरिरहनु नै मानव जीवन हो। यो लछार–पछारमा आफूलाई अघि बढाउने बल साहित्यले दिइरहेको हुन्छ। भइरहेको सामाजिक विकृति र विसंगतिलाई पनि कलापूर्ण ढंगले अभिव्यक्त गरेमा त्यो शाश्वत साहित्य हुन सक्छ।
कवि सिद्धिचरणका बारेमा विद्वान् साहित्यकार गाविन्द भट्टले सही मूल्यांकन यस प्रकार गरेका छन्, ‘सिद्धिचरणले राष्ट्र भाषामा रचना गर्दै र नेपालभित्रका सम्पूर्ण जाति वा समुदायबाट बनेको नेपाली जनताको सर्वांगीण हित कल्याणका लागि चिन्तनशील रहँदै व्यापक राष्ट्रिय व्यक्तित्व प्राप्त गर्नुभयो र उहाँ मुलुकभित्र र बाहिरका सम्पूर्ण नेपालीका सम्माननीय एवं प्रिय युगकवि हुन पुग्नुभयो।’
नेपाली साहित्यका यशस्वी प्रतिभा कवि श्रेष्ठले स्वच्छन्दतावादी भावनाबाटै आफ्नो काव्ययात्रा प्रारम्भ गर्नुभयो, तर पछि नेपालीका पीडा व्यथाबाट युगबोध गरेर उहाँ सामाजिक, राजनीतिक चेतनातर्फ उन्मुख हुनुभयो, ओजस्वी कविता लेख्न थाल्नुभयो, यत्र–तत्र ज्वालामुखी भएरफुट्न थाल्नुभयो।
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया