बिहिबार, ०५ नोभेम्बर २०२६

दानबहादुरले स्वीकारेनन् प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी

News Image
• • •

नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले मन्त्रिपरिषद्‍ले दिएको नयाँ जिम्मेवारी अस्वीकार गरेका छन्।

कार्कीनिकट स्रोतका अनुसार प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी अस्वीकार गर्दै कार्की आफूलाई आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्च जाने निर्णयमा पुगेका हुन्।

उनी अधिवक्ता टीकाबहादुर कुँवरमार्फत रिट लिएर कार्की सर्वोच्च अदालत पुगिसकेका छन्।

‘सरकारले दिएको नयाँ जिम्मेवारी अस्वीकार गरेर अदालत जाने निर्णयमा पुग्नुभएको हो। स्वीकार गरेको भए त अदालत जानै पर्दैनथ्यो नि। प्रहरी संगठनकै हितका लागि उहाँ अदालत जाने निर्णयमा पुग्नुभएको हो। कानुनविद्‍हरूले पनि त्यस्तै सुझाव दिनुभएको थियो,’ कार्कीनिकट स्रोतले भन्यो।

सरकारले बुधबार कार्कीलाई आईजीपीबाट पदमुक्त गर्दै प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाएको थियो।

एआईजी मनोजकुमार केसी आईजीपी नियुक्त भएर कार्यभारसमेत सम्हालिसकेका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!