बिएल संवाददाता
नेपाल शनिबार थप ३२ जनामा कारोनाभाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलबस्तु, सर्लाही, बारा, काठमाडौं, रुपन्देही र चितवनमा गरी ३२ जनामा संक्रमण पुष्टि भएको छ।
संक्रमितहरु सर्लाहीको गोडैता र कविलासी नगरपालिकाका १३ जना पुरुष, कपिलवस्तुको वाणगंगा नगरपालिकाका सात जना पुरुष र एक महिला, रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकाका ८ जना पुरुष, काठमाडाैंका एक पुरुष, बारा करैयामाइ गाउँपालिकाकी एक महिला र चिवतन भरतपुर–६ का एक जना पुरुष रहेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।
उनका अनुसार संक्रमितहरु १७ देखि ५५ वर्ष उमेर समूहका रहेका छन्। योसँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या ५४८ पुगेको छ। संक्रमितमध्ये ७० जना निको भएर घर फर्किएका छन् भने तीन जनाको मृत्यु भएको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया