देशसञ्चार
झापाको दक्षिणी स्थानीय तह कचनकवल गाउँपालिकामा भारतीय नागरिकले सीमा सुरक्षामा बसेको प्रहरीमाथि शुक्रबार बिहान चौथो पटक आक्रमणको प्रयास गरे।
जिल्लाका सुरक्षा निकाय तथा जनप्रतिनिधिहरुको टोलीले पटक-पटक उक्त समस्याको समाधान गर्ने प्रयास गरेको हो। तर, ती प्रयासका बाबजुद भारतीय नागरिकले सीमा सुरक्षामा रहेका प्रहरीमाथिको आक्रमण रोकेका छैनन्।
नेपाली भूमिमा लगाएको खेती थन्काउने बाहानामा समूहमा आउने गरेका भारतीय नागरिकले सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीमाथि आक्रमण गर्दै आएका हुन्।
नेपाली भूमिमा प्रवेश गर्न खोजेका भारतीय नागरिकले शुक्रबार सशस्त्र प्रहरीका हवल्दार शंकर चौधरीमाथि आक्रमण गरे।
कचनकवल गाउँपालिका घेराबारी नजिकैको १२२ नम्बर पिल्लर छेउको अस्थायी पोष्टमा बसेका प्रहरी हवल्दारमाथि भारतीयले आक्रमण गरेका हुन्।
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया