काठमाडौंप्रेस
सर्जिकल मास्क लगाए कोभिड-१९ को संक्रमण सर्ने सम्भावना उल्लेखनीय रूपमा घट्ने अनुसन्धाताले दाबी गरेका छन्।
हङकङको एउटा अनुसन्धान टोलीले जनाएअनुसार मास्क लगाउँदा हावामा रहेका कण वा श्वासप्रश्वासका छिटाबाट भाइरस सर्ने सम्भावना ७५ प्रतिशतले घटेको छ।
“कोरोनाभाइर महाव्याधिविरूद्ध मास्क निकै प्रभावकारी भएको निष्कर्षले देखाउँछ,” हङकङ विश्वविद्यालयका माइक्रोबायोलोजिस्ट डा. युएन क्वोक युङले भने। डा. युएनले सन् २००३ मा सार्स भाइरस पत्ता लगाउन सहयोग गरेका थिए। यस्तो निष्कर्ष दिने यो नै पहिलो अध्ययन भएको उनले बताए।
आफू मास्क प्रयोगको पक्षमा रहे पनि विश्व स्वास्थ्य संगठन लगायतका विश्वका नेताहरूले मास्कको प्रभावकारितामा प्रश्न उठाएकाले यो अध्ययन गरिएको उनले बताए। अध्ययनका लागि मुसाको प्रयोग गरिएको थियो।
एउटा समूहलाई कोभिड १९ बाट संक्रमित बनाइएको थियो। अर्को समूह स्वस्थ थियो। पङ्खाको हावालाई संक्रमिततिर फर्काइएको थियो। केहीलाई लक्षण देखिएको थिएन।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया