मङ्गलबार, १६ सेप्टेम्बर २०२५

विमान दुर्घटनामा मृत्यु भएकाे खबर बाहिरिएपछि पाकिस्तानी अभिनेत्री रुष्ट

News Image
• • •

पाकिस्तानको कराँचीमा शुक्रबार दिउँसो एक यात्रुवाहक विमान दुर्घटनाग्रस्त भयो। 

पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए)ले लाहोरबाट कराँचीका लागि उडान भरेको थियो जुन कराँचीको विमानस्थलमा अवतरण गर्नुअघि दुर्घटनाग्रस्त भयो। 

उक्त विमानमा ९८ जना सवार रहेको पाकिस्तानी मिडियाहरुले जनाएका छन्। विमान दुर्घटनापछि सोसल मिडियामा पाकिस्तानी नायिका आयजा खान र उनका श्रीमानको मृत्यु भएको खबर भाइरल हुन थाल्यो। जसमा नायिका आयजाले रोष व्यक्त गरेकी छिन्।

आयजा खानले सोसल मिडियामा भाइरल भइरहेको आफ्नो र श्रीमान् दानिश तैमुरको मृत्युबारे प्रतिक्रिया दिँदै आफू र आफ्ना श्रीमान् पूर्ण रुपमा ठिक भएको बताएकी छिन्।

नायिकाले इन्स्टाग्राममा लेखिन्, ‘यस्तो प्रकारको अफवाह फैलाउन बन्द गर्नुहोस्। म र मेरा श्रीमान् पूर्ण रुपमा ठिक छौं। कुनै पुष्टि बिना नै जे पनि लेख्ने मानिसहरुलाई भगवानले सद् बुद्धि दिऊन्। अल्लाहले हामी सबैको हिफाजत गरुन् र जसको यो दुर्घटनामा मृत्यु भएको छ, उनीहरुका आफन्तलाई धैर्य धारण गर्ने शक्ति प्रदान गरुन्।’

आयजा खान पाकिस्तानकी चर्चित नायिका हुन् र अहिलेसम्म उनले थुप्रै सुपरहिट टिभी सिरियलमा काम गरिसकेकी छिन्। ‘प्यार अफजल’, ‘मेरी जिन्दगी है तू’, ‘सारी भूल हमारी थी’, ‘थोडा सा हक और अधुरी औरत’ जस्ता थुप्रै टिभी सिरियलमार्फत् आयजाले चर्चा बटुलिसकेकी छिन् 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!