पाकिस्तानको कराँचीमा शुक्रबार दिउँसो एक यात्रुवाहक विमान दुर्घटनाग्रस्त भयो।
पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए)ले लाहोरबाट कराँचीका लागि उडान भरेको थियो जुन कराँचीको विमानस्थलमा अवतरण गर्नुअघि दुर्घटनाग्रस्त भयो।
उक्त विमानमा ९८ जना सवार रहेको पाकिस्तानी मिडियाहरुले जनाएका छन्। विमान दुर्घटनापछि सोसल मिडियामा पाकिस्तानी नायिका आयजा खान र उनका श्रीमानको मृत्यु भएको खबर भाइरल हुन थाल्यो। जसमा नायिका आयजाले रोष व्यक्त गरेकी छिन्।
आयजा खानले सोसल मिडियामा भाइरल भइरहेको आफ्नो र श्रीमान् दानिश तैमुरको मृत्युबारे प्रतिक्रिया दिँदै आफू र आफ्ना श्रीमान् पूर्ण रुपमा ठिक भएको बताएकी छिन्।
नायिकाले इन्स्टाग्राममा लेखिन्, ‘यस्तो प्रकारको अफवाह फैलाउन बन्द गर्नुहोस्। म र मेरा श्रीमान् पूर्ण रुपमा ठिक छौं। कुनै पुष्टि बिना नै जे पनि लेख्ने मानिसहरुलाई भगवानले सद् बुद्धि दिऊन्। अल्लाहले हामी सबैको हिफाजत गरुन् र जसको यो दुर्घटनामा मृत्यु भएको छ, उनीहरुका आफन्तलाई धैर्य धारण गर्ने शक्ति प्रदान गरुन्।’
आयजा खान पाकिस्तानकी चर्चित नायिका हुन् र अहिलेसम्म उनले थुप्रै सुपरहिट टिभी सिरियलमा काम गरिसकेकी छिन्। ‘प्यार अफजल’, ‘मेरी जिन्दगी है तू’, ‘सारी भूल हमारी थी’, ‘थोडा सा हक और अधुरी औरत’ जस्ता थुप्रै टिभी सिरियलमार्फत् आयजाले चर्चा बटुलिसकेकी छिन्
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया