पुजाकाे प्रश्न: हामी छिमेकीको बल मिचाँइसँग लड्नु कि आफ्नै घर भित्रको अन्तरजातिय विभेदसँग ?

प्रदेश ५ को रुपन्देही र कर्णाली प्रदेशको रुकुम पश्चिममा दलित समुदायका एक युवा र  एक किशोरीले अन्तरजातीय प्रेम सम्बन्धका कारण जातीय विभेदको ज्यादतीको शिकार हुनुपरेको छ।

रुपन्देहीको देवदह नगरपालिका वडा ११ बड्की गुम्बाकी १५ वर्षीया दलित समुदायकी किशोरी  अङ्कारा पासीले बेहुली बनेकै दिन जातीय विभेदको ज्यादती कै कारण झुन्डिएको अवस्थामा मृत भेटिइन भने  उता कर्णाली प्रदेशको जाजरकोटका २० वर्षीय नवराज बिकले पनि जातीय विभेद र अन्तरजातीय प्रेम सम्वन्ध कै कारण भेरी नदीमा मृत फेला पर्नु परेको हो।

दलित भएकै कारण घटना घटेको भन्दै सामाजिक संजालमा यसको चर्को विरोध मात्र भएको छैन, दोषीलाई कारवाहीको माग समेत गरिएको छ। 

नायिका पूजा शर्माले पनि जाजरकोटका नवराज विकको हत्यामा संग्लगनलाई कारबाही गर्न माग गरेकी छिन्। सामाजिक संजालमार्फत पूजाले वीकको हत्यारालाई कारवाही गर्न सरकारसँग माग गरेकी हुन्। 

नायिका पूजालेख्छिन्–‘समानता नै मानवताको पहिलो आधारशिला हो भन्ने तथ्य कहिले वुझ्छौ होला हामीले। रोगहरु प्नि नयाँ नयाँ आउन थालिसक्यो, अब हामी रोगसँग लड्नु कि छिमेकीको बल मिचाँइसँग लड्नु कि आफ्नै घर भित्रको अन्तरजातिय विभेदसँग लड्नु। कि सदा झै नारी अस्मितासँग खेल्न खोज्ने विरुद्ध लड्नु?’

पूजाले सबैलाई सद्वुद्दि दिन भगावनसँग आग्रह पनि गरेकी छिन्। उनले, दोषीलाई कडा भन्दा काड कारवाही होस् भन्दै सरकारसँग माग पनि गरेकी छिन्।

प्रकाशित मिति: : 2020-05-26 12:49:27

प्रतिकृया दिनुहोस्