बिहिबार, १४ अगस्ट २०२५

संघीय संसद्को लोगोमा अध्यावधिक गरिएको नयाँ नक्साको प्रयोग

News Image
• • •

नयाँ नक्सा जारी भएपछि पहिलोपटक संघीय संसदमा अध्यावधिक गरिएको नेपालको नक्सा प्रयोगमा ल्याइएको छ। संघीय संसद्को राष्ट्रिय सभा र प्रतिनिधि सभामा मंगलबारदेखि अध्यावधिक गरिएको नेपालको नक्सा प्रयोगमा ल्याइएको हो।

दुवै सदनको लोगोमा अध्यावधिक गरिएको नेपालको नयाँ नक्सा प्रयोग गरिएको छ।

योसँगै हरेक सांसदले कोटमा लगाउने ब्याचमा पनि अध्यावधिक नक्सा राख्न निर्देशन गइसकेको संसद् सचिवालयले जनाएको छ। 

सरकारले यही ७ जेठ बुधबार कालापानी,  लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नयाँ नक्सा औपचारिक रूपमा जारी गरेको थियो । 

हेर्नुहोस् LIVE

मंगलबार, जेठ १३, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!