बिएल संवाददाता
रुकुम पश्चिमका सांसद एवं पूर्वगृहमन्त्री जनार्दन शर्मा बोल्दाबोल्दै प्रतिनिधीसभामा मंगलबार हंगामा भएको छ। शर्माले रुकुम पश्चिममा भएको हत्याका विषयमा बोलिरहँदा कांग्रेस सांसदले विरोध जनाएका थिए।
घटनाको विवरण प्रस्तुत गर्दै शर्माले हत्याको छानविन र दोषि माथि कारबाही गर्न राजनीतिक दबाब र प्रभाव नरहेको बताएपछि कांग्रेस सांसदले विरोधमा उत्रिएका थिए।
कांग्रेस सांसदले विरोध गरिरहँदा शर्मा झ्वाँक्किएका थिए भने सभामुख अग्नि सापकोटाले स्थिति सम्हालन खोजे। कांग्रेस सांसदले शर्माले गृहमन्त्रीको भाषा बोलेको भन्दै विरोध जनाएका थिए। तर, सभामुख सापकोटाले भनाइ टुंग्याउन आग्रह गरेका थिए।
शर्माले घटनालाई राजनीतिकरण नगर्न आग्रह गरेर आफ्नो भनाइ टुंग्याउँदै घटनाको छानविन गर्न आग्रह गर्दै दोषी माथि कारबाहीको माग गरे। साथै उनले छानबिनको लागि आफूले पुरा सघाउनेसमेत जानकारी गराए।
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया