बिएल संवाददाता
रुकुम पश्चिमका सांसद एवं पूर्वगृहमन्त्री जनार्दन शर्मा बोल्दाबोल्दै प्रतिनिधीसभामा मंगलबार हंगामा भएको छ। शर्माले रुकुम पश्चिममा भएको हत्याका विषयमा बोलिरहँदा कांग्रेस सांसदले विरोध जनाएका थिए।
घटनाको विवरण प्रस्तुत गर्दै शर्माले हत्याको छानविन र दोषि माथि कारबाही गर्न राजनीतिक दबाब र प्रभाव नरहेको बताएपछि कांग्रेस सांसदले विरोधमा उत्रिएका थिए।
कांग्रेस सांसदले विरोध गरिरहँदा शर्मा झ्वाँक्किएका थिए भने सभामुख अग्नि सापकोटाले स्थिति सम्हालन खोजे। कांग्रेस सांसदले शर्माले गृहमन्त्रीको भाषा बोलेको भन्दै विरोध जनाएका थिए। तर, सभामुख सापकोटाले भनाइ टुंग्याउन आग्रह गरेका थिए।
शर्माले घटनालाई राजनीतिकरण नगर्न आग्रह गरेर आफ्नो भनाइ टुंग्याउँदै घटनाको छानविन गर्न आग्रह गर्दै दोषी माथि कारबाहीको माग गरे। साथै उनले छानबिनको लागि आफूले पुरा सघाउनेसमेत जानकारी गराए।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया