बाह्रखरी
विराटनगरको कोसी कोभिड अस्पतालबाट उदयपुरका चार जनाले कोरोना जितेर डिस्चार्ज हुँदा झापाको कचनकवलबाट भने पन्ध्र जना संक्रमितलाई अस्पताल पठाइयो ।
बुधबार डिस्चार्ज भएका चार जना प्रदेश १ मा पहिलो पटक संक्रमित भेटिएको उदयपुर जिल्लाका थिए । अस्पतालले कोरोनामुक्त भएको प्रमाणपत्र दियो अनि एम्बुलेन्समा राखेर भुल्केतिर पठाइदियो ।
कोसी अस्पतालका चिकित्सकले हातमा फूलको गुच्छा दिँदा कोरोना जितेकाहरू भने ढुक्क र आनन्दित देखिन्थे । ५८ वर्षीय मो.अलिजानले उपचार गरेर ठिक गरिदिएकोमा चिकित्सक र स्वास्थ्यकर्मीको समूहलाई ‘सुक्रिया’ भन्दै अभिवादन गरे । भने, “अब घर गएर पहिलेकै दिनचर्यामा फर्कने प्रयास गर्नेछु ।” त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्केमा पहिलो पटक गत वैशाख ५ गते भेटिएका जमाती र अन्य संक्रमितसमेत सबै ३३ जनाले कोरोना जितेर फर्किसकेका छन् ।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया