अनलाइनखबर
अहिले अधिकांश बालबच्चा आफ्ना आमाबुवासँग रमाइरहेका छन् । आमाबुवाले पनि बालबच्चाका लागि पर्याप्त समय दिन पाएका छन् । अहिलेको अवस्थामा यसलाई राम्रो मौका यसकारण मान्नुपर्ने हुन्छ कि, धेरैजसो अभिभावकले बालबच्चाका लागि समय दिन सकिरहेका थिएनन् । दम्पती नै कामकाजी भएको अवस्थामा उनीहरुसँग बालबच्चाका लागि समय दिनै मुस्किल थियो । तर, लकडाउनयता बालबच्चा र अभिभावक एकसाथ बस्न पाएका छन् ।
यद्यपि बालबच्चासँग कति समय बिताइयो भन्ने कुराले त्यती अर्थ राख्दैन, जति कस्तो समय बिताइयो भन्ने कुराले राख्छ । बालबच्चासँग लामो समय विताउँदैमा त्यसलाई महत्वपूर्ण मान्न सकिदैन । बरु, अभिभावकले आफ्ना बालबच्चासँग कसरी समय बिताए भन्ने कुरा महत्वपूर्ण हुन्छ ।
त्यसो त यतिबेला बालबच्चाले आफ्ना आमाबुवासँग रहेर पनि धेरै कुरा सिकिरहेका छन् । आमाबुवाको काम, व्यवहार, बोली आदि सबै कुरालाई बालबच्चाले अनुसरण गरिरहेका हुन्छन् । यस्तो अवस्थामा अभिभावकले ख्याल राख्नुपर्ने कुरा चाहि के हो भने, उनीहरुले यदि खराब व्यवहर गरिरहेका छन् भने त्यसको प्रत्यक्ष असर बालबच्चामा पर्छ । जस्तो कि दम्पतीबीच रुखो बोलीबचन, झगडा, मनमुटाव आदिको असर बालबच्चामा पर्छ । आमाबुवाले के बोल्छन्, कसरी बोल्छन्, के गर्छन् भन्ने कुरा बालबच्चाले नियालिरहेका हुन्छन् । त्यसैले बालबच्चासँग मात्र होइन, घरका अरु सदस्यसँग पनि आमाबुवाले सन्तुलित व्यवहार गर्न आवश्यक छ ।
बालबच्चालाई उचित संस्कार सिकाउन, राम्रो बानी व्यवहारमा अभ्यस्त गराउनका लागि दम्पतीले पनि आपसमा त्यस्तै व्यवहार गर्न आवश्यक छ ।
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार
'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा
उडायो सपना धेरैको बाहुबली 'बालेन बेग'ले
सुशीलाले सुसेलेका चुनावी सुसेलीहरू
मेरी वृद्ध आमाको हातमा बजिरहेको इशाराको घण्टी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया