
अनलाइनखबर
किन मान्छेको निद्रा विथोलिदैछ ? यसमा खराब जीवनशैली मूख्य कारण बनेको छ । केही समयअघि निद्राकै सम्बन्धमा एक सर्वेक्षण भएको थियो, जसअनुसार खासगरी यी पाँच कारणले निद्रा विथोलिने देखिन्छ । चिन्ता, तनाव (५४ प्रतिशत), पर्यावरण (४० प्रतिशत), कार्य वा विद्यालयको शेड्युल (३७ प्रतिशत), मनोरञ्जन (३६ प्रतिशत) र स्वास्थ्य कारण (३२ प्रतिशत) छ ।
निद्रा एक औषधि
शारीरिक स्वास्थ्य र तन्दुरुस्तीका लागि आवश्यक छ, पर्याप्त र गहिरो निद्रा । पोषिलो खाना, समुचित श्रम, नियमित व्यायाम, विश्राम जस्तै निद्रा पनि स्वस्थ्य जीवनकै एक अंश हो ।
निद्रा गहिरो हुनुपर्छ । पर्याप्त हुनुपर्छ । जब तपाईं गहिरो निद्रामा पर्नुहुन्छ, ब्युझँदा शरीर चंगा हुन्छ । बेग्लै किसिमको ताजापन अनुभव गर्नुहुन्छ ।
यद्यपी अहिले हामी बिहान उठ्नै सक्दैनौं । निद्रा खुलेपनि ज्यान तंग्रिदैन । उठ्दा पनि शरीर भारी हुन्छ । भद्दा हुन्छ । निद्रा नपुगे जस्तो हुन्छ । बिहान उठ्नसाथ हाइ काड्न थाल्छौं । फेरी ओछ्यानमै पल्टन मन लाग्छ । किन ?
किनभने हामीले पर्याप्त निद्रा लिन सकेकै छैनौ । सामान्यत हामीले ७ देखि ८ घण्टासम्मको निद्रा लिनुपर्छ । तर, समयले मात्र पुग्दैन । निद्रा गहिरो हुनुपर्छ । यदि गहिरो निद्रा लिइएन भने के हुन्छ ?
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया