बिएल संवाददाता
बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४५.३६ अंकले घट्दै २५५९.५९ विन्दुमा पुगेको छ। आज सेन्सेटिभ इण्डेक्स ८.१५ अंक, फ्लोट इण्डेक्स ३.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०४ अंकले घटेका छन्।
अघिल्लो कारोबार दिन मंगलवार ५८.५५ अंकले घटेको बजार २६०४.९६ विन्दुमा बन्द भएको थियो। यसदिन नेप्से घटेपनि कारोबार रकम भने बढेर ५ अर्ब ७६ करोड रुपैयाँ नाघेको छ। अघिल्लो दिन भने ४ अर्ब ६२ करोड रुपैयाँको कारोबार भएको थियो।
मूल्य वृद्धिमा सांग्रिला डेभलपमेन्ट बैंकको डिबेञ्चर २०८७ (७.०९ प्रतिशत), एनआईएमबी डिबेञ्चर २०९० (६ प्रतिशत) र आत्मनिर्भर लघुवित्त (६ प्रतिशत) ले अगाडि छन्। त्यसैगरी, प्रभु इन्स्योरेन्सको शेयरमूल्य ६.१२ प्रतिशतले घट्दै सर्वाधिक गिरावटमा परेको छ।
कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो । यस कम्पनीको कुल कारोबार २६ करोड १६ लाख रुपैयाँ भएको छ। त्यसपछि यूनियन हाइड्रोपावर र सिनर्जी पावर डेभलपमेन्ट क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् । १३ वटै उपसमूह घटेका छन्, जसमा वित्त (३.०९ प्रतिशत) र होटल–पर्यटन (३ प्रतिशत) उपसमूह सबैभन्दा बढी घटेका छन्।
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
प्रचण्डलाई ओलीको अफरः ‘कार्यगत एकता गरौँ, विद्यालाई नेता मानेर अघि बढौँ’
कानुन बनाउनेकै गैरकानुनी हर्कतः खारेज भइसकेको लाइसेन्स बोकेर मोटरसाइकल हुइँक्याउँदै हर्क
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया