नेपालन्यूज
डा. राजु अधिकारी
अरु कसैका लागि गरिए पनि प्रार्थना अन्ततः आफ्नै लागि बढी काम लाग्छ। ईश्वर पुकारेर उनको नाममा प्रार्थना गर्ने धार्मिक चलन छ। तर, प्रार्थना ईश्वरका लागि भनिए पनि आखिर प्रार्थीका लागि नै हो।
अरुको राम्रो होस्, भलाइ होस्, स्वास्थलाभ होस्, मंगल होस् भनी प्रार्थना गर्दा उसलाई त्यसको सकारात्मक प्रभाव अवश्य पर्छ, त्यसभन्दा बढी प्रभाव आफूलाई पर्छ। प्रार्थना गर्ने व्यक्तिलाई प्रार्थनाबाट किन बढी फाइदा हुन्छ किनकि यसले मन र हृदयलाई धुने काम गर्छ। प्रार्थनाले द्वेष, डाह, ईष्या, कुण्ठा र तनाव घटाउँछ।
मानिलिऊँ कि जसप्रति तपाईं द्वेष राख्नुहुन्छ, जसको प्रगति देखेर जल्नुहुन्छ, उसैको प्रगतिका लागि दिल खोलेर भलो चिताउँदै प्रार्थना गर्नुभयो भने तपाईंकै मन हलुका हुन्छ। मनको डाह घट्छ र, शीतलता आउँछ। हृदयको कुण्ठा शिथिल हुन्छ। फलस्वरुप, तपाईंलाई फाइदा पुग्छ।
‘प्रार्थना भगवान खुसी पार्ने विधि हैन, बरु आफूलाई खुसी पार्ने विधि हो,’ सोरेन किर्कगार्डको यो कथनले प्रार्थनाको मनोचिकित्सकीय सामथ्र्यलाई उजागार गरेको छ। भगवान् जो आफैंमा अजस्र ऐश्वर्य र अनन्त विभूतिले भरिपूर्ण छ, उसलाई मान्छेले खुसी पार्नुको के औचित्य ?
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया