
प्रेम नेउपाने
तिम्रो जीवन
तिम्रो खुशी
तिम्रो इच्छा
तिम्रो लक्ष्य
तिमीले चाहे जस्तै होस्
यसमा मेरो कुनै
सरोकार नहोस्।
मेरो जीवन
मेरो खुशी
मेरो इच्छा
मेरो लक्ष्य
मैले चाहे जस्तै होस्
यसमा तिम्रो कुनै
सरोकार नहोस्।
यदि सरोकार हुन्छ भने
मेरो र तिम्रो
जीवन शैली मिल्नुपर्छ
जीवनको
दुखाई र बुझाई
मेल खानुपर्छ
जीवनको
हार र जीत
अपनाउन सक्नुपर्छ।
तब मात्र
तिम्रो सरोकार
मेरो सरोकार
बराबरी हुनेछ।
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया