बिएल संवाददाता
रुकुमको मुसिकोट नगरपालिका–१४ स्थित छिवाङ ज्युउलामा रहेको अस्थायी प्रहरी चौकी तोडफोडमा संलग्न वडाध्यक्षसहित ३ जना पक्राउ परेका छन्।
बुधबार मुसीकोट नगरपालिका–१३ का वडाध्यक्ष दिपक केसीसहित राजन केसी र खिलराज गिरीलाई प्रहरीले पक्राउ गरेको हो।
मंगलबार साँझ मादकपदार्थ सेवन गरेका वडाअध्यक्ष केसीले २५ जनाको युवा समूह लिएर तोडफोड गरेका थिए। तोडफोड पछि उनीहरु फरार भएका थिए।
घटनामा संलग्न ६ जनाको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख डीएसपी ठगबहादुर केसीले बताए।
उनका अनुसार अभद्र व्यवहार गरेको आरोपमा थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयबाट बुधबार १० दिनको म्याद थप गरिएको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया