बिएल संवाददाता
नेत्रविक्रम चन्द समूहको अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाललाई बुधबार प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले काठमाडौँको माइतीघरबाट ढकाललाई पक्राउ गरिएको जानकारी दिए ।
उनलाई अहिले टेकुस्थित हिरासतमा राखिएको छ ।
सरकारले गत २०७५ साल फागुनमा नै चन्द समूह आपराधिक क्रियाकलापमा संलग्न भएको भन्दै उसका गतिविधिमा प्रतिबन्ध लगाएको थियो । ढकाल माइतीघरमा आयोजित एउटा विरोध कार्यक्रममा सहभागी हुन् आएको बताइए पनि प्रहरीले किन आएको भनेर खुलाएको छैन । उनको विषयमा अनुसन्धान भइरहेको ज्ञवालीले जानकारी दिए ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया