नेपालमा मृतकको संख्या १० पुग्यो

नेपालमा कोरोना भाइरसको संक्रमणबाट १० जनाको मृत्यु भएको छ।

बिहिबार नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार आज थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

मृत्यु हुनेमा पाल्पाका ४५ वर्षिय पुरूष छन्। भारतबाट आएका उनी स्थानीय क्वारेन्टाइनमा रहेकै बेला स्वासप्रस्वासमा समस्या भएसँगै मिसन अस्पतालमा भर्ना भएका थिए। मंगलबार उनको मृत्यु भएको थियो। उनको श्वासको परीक्षण गर्दा पोजेटिभ देखिएको थियो।

यसअघि ९ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित मिति: : 2020-06-04 16:43:14

प्रतिकृया दिनुहोस्