लकडाउन गरेर संक्रमण घटेको छैन, त्यसैले व्यवहारलाई परिवर्तन गरेर कोरोनासँग जोगिदै अगाडि बढ्नुपर्छ

परीक्षणको दायरालाई बढाएको भए लकडाउन गर्नु पर्थेन, साथै संक्रमितको संख्यामा पनि यति अचाक्ली वृद्धि हुन्थेन

रातोपाटी

काठमाडाै‌ं

रातोपाटीमा कोरोनाबहसको श्रृङ्खलाअन्तर्गत हामीले कोरोनाका बारेमा गम्भीर रुपमा अध्ययन गरिरहेका तथा स्थितिलाई नजिकबाट नियालिरहेका जनस्वास्थ्यविद्हरुको विचार र दृष्टिकोणलाई प्रस्तुत गर्ने कोशिश गर्दै आएका छौं। साेही बहसको तेस्रो श्रृङ्खलामा प्रस्तुत छः जनस्वास्थ्यविद् एवं इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डाक्टर बाबुराम मरासिनीसँग रातोपाटीका लागि माया श्रेष्ठले गरेका कुराकानीको सम्पादित उतार ।

एकातिर नेपालस्थिति विश्व स्वास्थ्य संगठनका प्रतिनिधि नेपालमा कोरोनाको लहर प्रारम्भिक चरणमा रहेको कुरा बताउँछन् । अर्कोतिर नेपालमा विज्ञहरुको हवाला दिँदै कोरोनाको अर्को लहर शुरु भएको खबरहरु पनि प्रकाशमा आउँछन् । जनताले बुझ्ने भाषामा भनिदिनुहोस् न,नेपालको अहिलेको स्थिति के हो?

नेपालका कोरोना संक्रमणको लहर ठाउँठाउँबाट फैलिए तेस्रो चरणमा प्रवेश गरिसकेको छ । नेपालमा कोरोना संक्रमणको लहर सबै ठाउँको एउटै लहर नभएर फरक फरक छ । कपिलबस्तु, नेपालगञ्ज, उदयपुर लगायतका स्थानमा संक्रमणको लहर छुट्टाछुटै हो । लकडाउनकै समयमा अवैध बाटो हुँदै नेपाल आएर घरमा बसेकाहरुबाट पनि कोरोना संक्रमण फैलिएको छ । समुदाय नै संक्रमित भएको अवस्थामा संक्रमण तेस्रो चरणमा प्रवेश गरेको भन्न अप्ठ्यारो मान्नु पर्दैन ।

प्रकाशित मिति: : 2020-06-05 06:28:15

प्रतिकृया दिनुहोस्